Thursday, July 16, 2015

ह्याङ्गओभर हटाउने ११ उपायहरू!!

जन्मदिनको अवसरमा होस् या अफिसमा पदको बढुवा होस्, विवाहको उत्सव मनाउन होस् या परीक्षामा पास भएको अवसरमा, रातिको बेला अलिअलि वा धेरै नै मात्रामा मध्यपान गर्नु प्रौढ मानिसहरूको स्वभाव नै हो। खाउन्जेल रमाइलो लाग्ने, सबै कुरामा मज्जा आउने यो रक्सीको मातले बिहानीपख भने साह्रै नै हैरान गराउँछ। वान्ता हुने, टाउको दुख्ने, खान मन नलाग्ने, चिन्ता लाग्ने, कुनै कुराको याद नहुनु अनि बेलुका पिएकोमा आफूलाई दोषी महशुस गर्नु ह्याङ्गओभरको मूख्य सङ्केत हो, तर यो कुरा भनिराख्नु जरुरी पनि छैन।
how_to_remove_hangover_1
ल, अब यस्ता तनावमय ह्याङ्गओभरबाट कसरी मुक्त हुने बारे ११ उपायहरू हेर्नुहोस्।
१. पानी
how_to_remove_hangover_2
पानी अनिवार्य पिउनुहोस्, राति मातेको बेला बाथरुम गइराख्नुभाको पक्कै याद होला! यसको मतलब तपाईँको शरीरमा पानीको मात्रा कम भइसकेको छ, त्यसैले सकेसम्म धेरै पानी खानुहोस् र पिसाबबाट फाल्ने कोसिस पनि गर्नुहोस्। अझै तातो कागती पानी खाँदा उत्तम हुन्छ।
२. कोल्ड ड्रिङ्क्स
how_to_remove_hangover_3
कसै-कसैलाई यसले काम नगर्न सक्छ तर ‘नहुनु मामा भन्दा कानो मामा जाती’ भनेजस्तै ३० रुपैयाको एउटा कोल्ड ड्रिङ्क्स किनेर खानु कुनै ठूलो कुरा होइन। यसले तपाईँको शरीरको तापक्रमलाई हलुका कम गर्छ र डिहाइड्रेसन हुनबाट जोगाउँछ।
३. कफी
how_to_remove_hangover_4
कफीले माइग्रेन र टाउको दुखाइ जस्ता रोगहरूलाई कम पनि गर्दछ, त्यसैले बिहानीपख एक कप कफी खाँदा ह्याङ्गोभरबाट भएको टाउको दुखाइ पनि कम गर्दछ।
४. कसै-कसैको के धारणा हुन्छ भने, ‘टाउको दुखाइलाई कम गर्नको लागि फेरि एक पेग चढाउनुपर्छ’। यो सरासर हावा कुरा हो, यसले झन् तपाईँको शरीरलाई आलस्य गराउँछ र टाउको दुखाइलाई पनि बढाउँदछ, त्यसैले होसियार!
५. टोस्ट
how_to_remove_hangover_5
बिहानको ह्याङ्गोभरबाट मुक्ति पाउन चाहनुहुन्छ भने तातो कफीसँग टोस्ट पनि सामेल गरेर खानुहोस्, त!
६. खाना
how_to_remove_hangover_6
रक्सीसँग जे-सुकै खानुहोस्, त्यसको कुनै मतलब हुँदैन। तर बिहान उठेर सफा र ताजा खाना खानुहोस्, एकछिन मै ह्याङ्गोभरलाई स्वाहा गराउँदछ।
७. औषधी
how_to_remove_hangover_7
टाउकोको दुखाइ अति नै बढी र असह्य छ भने सिटामोल अथवा कुनै पनि पेनकिलर लिन नबिर्सिनुहोस्, र एकछिन आराम गर्नुहोस्।
८. भिटामिन
how_to_remove_hangover_8
सुन्तला, अङ्गुर जस्ता भिटामिनले भरिएको फलफूल खानुभयो भने पनि ह्याङ्गोभरको असर कम हुन सक्छ, तर अनुसन्धानको अनुसार कुनै पनि ठोस तथ्य भने पत्ता लागेको छैन। तर बिहान रक्सी भन्दा फलफूल खानु भनेको स्वास्थ्यको लागि फाइदाजनक नै हो।
९. व्यायाम
व्यायामले ह्याङ्गोभर घटाउँछ भन्नु पनि मुर्खता नै हो, किनभने तपाईँको शरीरलाई यसै त पानीको कम भइरहेको बेला व्यायाम गरेर तापक्रम बढाउने र थकान ल्याउन चाहनुहुन्छ भने गर्नुहोस् तर आफ्नो साथमा एक बोत्तल पानी राख्न चाहिँ नभुल्नुहोला।
१०. यौन सम्पर्क
how_to_remove_hangover_9
कुनै पनि अनुसन्धानबाट यो कुराको तथ्य पत्ता लाग्न सकेको छैन कि यौन सम्पर्कबाट ह्याङ्गोभरको असर कम हुन्छ, तर समय बिताउने राम्रो उपाय चाहिँ पक्कै हो। फेरि बिहान यौन सम्पर्क गर्नु स्वास्थ्यको लागि राम्रो पनि हो।
११. अतिउत्तम र अचुक उपायः
how_to_remove_hangover_10
यदि ह्याङ्गोभर नहोस् भन्ने चाहनुहुन्छ भने सुरुमा त मध्यपान गर्दै नगर्नुहोस्। बुझ्ने हुनुहुन्छ, आफ्नो शरीरलाई हानी गर्छ भनेर थाहा हुँदा हुँदै पनि मध्यपान जस्तो काम गर्नुहुँदैन। बिहान टाउको दुख्ला कि भन्ने चिन्ताबाट नि मुक्ति पाइन्छ अनि शरीर पनि स्वस्थ!
तर यदि पिउनु नै हुन्छ भने, सभ्य बन्नुहोस्, आफ्नो शरीरले थाम्ने गरि मात्रै पिउनुहोस्, र मध्यपान गरेर सवारी साधन नचलाउनुहोस्, लाइसेन्समा प्वाल पर्ला!!

0 comments:

Post a Comment

Flag Counter

Flag Counter

Popular Posts