Thursday, July 16, 2015

होंचा ब्यक्तिलाई मुटु रोगको बढी खतरा

तपाइँको उचाइ कस्तो छ ? यदि तपाइँ होंचो हुनु हुन्छ भने अलि चिन्ताजनक समाचार छ । हालै गरिएको एक अध्यनले होँचा ब्यक्तिलाई मुटु सम्बन्धि रोगको बढी खतरा हुने देखाएको छ ।
प्रत्येक २ दशमलव ५ इन्चको उचाइको फरक भएका ब्यक्तिलाई जति होंचो छ त्यहि अनुसार मुटु रोगको खतरा बढी हुने अध्यनको निष्कर्ष छ ।
height and health
युनिभर्सिटी अफ लेइसेष्टरले गरर्को अध्यनका क्रममा ५ फिट ६ इन्चको उचाइ हुने ब्यक्तिलाई भन्दा ५ फिट मात्र हुनेलाई ३२ प्रतिशले मुटु रोगको खतरा बढी हुन्छ ।
उचाइ जति बढी भयो मुटु रोगको खतरा त्यति नै कम हुने समेत अध्यनको निष्कर्ष छ । विश्वविद्यालयका मुटु सम्बन्धि विशेषज्ञहरुले यो अध्यन गरेका हुन् ।
कतिपय ब्यक्तिमा बाबुआमाको उचाइको प्रभाव समेत यो रोगसँग सम्बन्धित रहेको समेत अध्यनले देखाएको छ ।
अध्यनकर्ताहरुले २ लाख मानिसमा गरेको अध्यनपछि यस्तो निष्कर्ष निकालेका हुन् ।
यो शोध न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित छ ।

0 comments:

Post a Comment

Flag Counter

Flag Counter

Popular Posts