Thursday, July 16, 2015

स्वासबाट थाहा हुन्छ क्यान्सर छ कि छैन

क्यान्सर घातक रोग हो । यसको विषयमा शुरुवात मै जानकारी पाउन सक्यो भने बँच्न र रोकथाम गर्न सकिन्छ । बैज्ञानिकहरुले क्यान्सर भएको वा नभएको भन्ने थाहा पाउन सहज तरिका पत्ता लगाएका छन् ।
heart pain
नयाँ खोज अनुसार पेटको रोग हुने विरामीहरुलाई क्यान्सरको सम्भावना पनि बढी हुन्छ । नयाँ प्रविधीले पेटको रोग भएकाहरुलाई क्यान्सर भए नभएको सजिलै पत्ता लगाउन सकिन्छ ।
यो जाँचमा स्वासमा रहेका स-साना रासायनिक पदार्थ हेरेर क्यान्सरका लक्षणहरु थाहा पाउने गरिन्छ । यो जाँचको प्रविधी भने शुरुवाती चरणमा रहेको विशेषज्ञहरुले बताएका छन् । यसलाई बजारमा पठाउन अझै केही समय कुर्नु पर्ने छ ।
यो शोध बारेको रिपोर्ट ‘गट’ नामक जर्नलमा प्रकाशित छ ।
stomach cancer
 पेटको क्यान्सर ढिलो गरि पत्ता लाग्ने र विरामीलाई बचाउँन नसकिने समस्याबाट मुक्ति पाउन चिकित्सकहरुले यो विधी विकाश गरेका हुन् ।

0 comments:

Post a Comment

Flag Counter

Flag Counter

Popular Posts