Thursday, July 16, 2015

जीरा, अदुवा अनि दालचिनीः सोचेभन्दा बढी फाइदाजनक

जीरा, अदुवा अनि दालचिनी मसलामा अत्याधिक प्रयोग गरिने गरिन्छ। यी तीनै चिज मसलामा सबैभन्दा खास मानिन्छ, किनकी यी चिजका अन्यको भन्दा बढी गुणहरु रहेका छन्।
जीरा
जीरक भनिन्छ संस्कृतमा यसलाइ, जसको अर्थ हुन्छ, अन्नलाई जीर्ण हुने बेला सहयोग गर्नेवाला अर्थात पाचनहुने बेलाको सहयोगी।
के के फाइदा छन् जीराका?
  • भोक नलाग्ने, पेट फुल्ने तथा अपच आदीको समाधानको लागि जीरा राम्रो मानिन्छ। भुटेको जीरालाइ लगातार सुँघ्ने गर्नाले चिसोले गर्दा लागेको हाछ्ँयु पनि बन्द हुने गर्छ।
  • यसले गर्भाशयको सफाइ अनि एसिडिटीलाइ पनि परै राख्न मद्धत गर्छ।
जीरा jeera
एसिडिटीबाट छुटकारा
धेरै चिल्लो अनि मसालेदार खाना खानाले एसिडिटीको समस्या हुने सामान्य भइसकेको छ। यस्तो समस्या, ध्यान दिएमा घरैमा समाधान गर्न सकिन्छ। घरमा नै सजिलै उपलब्ध हुने जीरा अलि अलि गरेर दिनमा ५-६ पटक थोरै खाने गर्नाले एसिडिटीमा कमी आउँछ।
अदुवा
  • अदुवाले स्वास गन्हाउने समस्याबाट छुटकारा दिन्छ।
  • यसले जोर्नीहरुमा आउने समस्या कम गर्ने गर्छ।
  • साथै कब्जियतबाट पनि बचाउँछ अदुवाले।
अदुवा aduwa
कब्जियतबाट छुटकारा
सुपको दाना २ चम्चा अनि ५ ग्राम अदुवालाइ १ ग्लास पानीमा राखेर १ चौथाइ पानी बाकीँ हुने बेलासम्म उमाल्ने अनि दिनमा ३-४ पटक यस्तो पानी पिउनाले कब्जियतको समस्या कम हुने गर्छ।
राती सुत्ने बेला लगभग ४ ग्राम सुकेको अदुवा खाने गर्नाले जोर्नीहरुको समस्या कम हुने गर्छ।
दालचिनी
  • दालचिनीले भने पिसाबको सङ्क्रमण हुन बाट बचाउने काम गर्छ।
  • कोलस्टोर कम गर्नमा पनि यसले उल्लेख्य भुमिका खेल्ने गर्छ।
  • छाला धेरै चिलाइरहने गर्छ भने दालचिनीको सेवनले त्यो पनि कम हुन्छ।
  • चिसोको कारण टाउको दुखेको छ भने दालचिनीको बाक्लो लेदो बनाएर निधारमा लगाउनाले फाइदा मिल्छ।
दालचिनी dalchini
पिसाबमा सङ्क्रमण देखिएको छ भने, १ गिलास मनतातो पानीमा १ चम्चा मह अनि २ चम्चा दालचिनीको धुलो मिलाएर खानाले आराम मिल्छ।
१ कप पानीमा २ ग्राम मह अनि ३ ग्राम दालचिनीको धुलो मिलाएर दिनमा ३ पटक सेवन गर्नाले कोलस्टोरमा पनि कमी आउँछ। छालाको रोगको लागि पनि दालचिनी राम्रो मानिन्छ। मह र दालचिनीको धुलो समानरुपामा मिलाएर पेस्ट बनाइ दाद तथा चिलाएको ठाँउमा लगाउनाले आराम मिल्छ।

0 comments:

Post a Comment

Flag Counter

Flag Counter

Popular Posts