Thursday, July 16, 2015

शरिरमा कोलस्टोर स्तर बढाउने १० कारण

शरिरले राम्रोसंग काम गर्नको लागि उचित कोलस्टोरको जरुरी हुन्छ। जब शरिरमा कोलस्टोर बढ्छ तब बिभिन्न बाधा, अवरोधको साथै मुटुमा समस्या देखिने हुन्छ।
बिभिन्न कारणले धेरै भन्दा धेरै मानिसहरु उच्च कोलस्टोरको समस्याबाट ग्रसित हुदैछन। के के कारणले बढ्छ शरिरमा कोलस्टोर?
कोलस्टोर उच्चहुने केहि कारणहरु तल प्रस्तुत गरिएका छन्।
Cholesterol and fatअस्वस्थकर डाइट
चिल्लो पदार्थको बढी खानाले कोलस्टोरको स्तर बढ्ने हुन्छ। सामान्यतया बढी कोलस्टोर र चिल्लो हुने खानेकुराहरु मासु, चिज, बटर, केक, घिउ आदि खानाले शरिरमा कोलस्टोर उच्चहुने गर्दछ।
वंशाणुगत कारण
यदि परिवारमा कसैलाइ उच्च कोलस्टोरको समस्या थियो भने तपाइलाइ पनि उच्च कोलस्टोरको समस्या हुने सम्भावना रहन्छ।
अधिक वजनcholesterol and blood flow
धेरै मोटो हुनुहुन्छ भने यो पनि कोलस्टोर शरिरमा बढी हुने एउटा कारण हुन सक्छ। अधिक वजन हुदा शरिरमा बोसोको मात्रा बढी हुने गर्दछ, जुन आफैमा कोलस्टोरको भण्डार हो। मोटो हुँदा शरिरमा ट्राइग्लिसिराइडको मात्रा बढ्छ र शरिरमा अवरोध हुने देखिने हुन्छ।
अल्छिपना
धेरै अल्छि हुनु हुन्छ भने उच्च कोलस्टोरको समस्याले नसताउला भन्न सकिन्न। तर सक्रिय हुदा ट्राइग्लिसिराइडको मात्रा घट्छ र अधिक वजनको समस्या पनि घट्ने हुन्छ।
धुम्रपान
धुम्रपानले शरिरको कोलस्टोरको स्तरमा प्रत्यक्ष प्रभाव पार्दछ। धुम्रपानलेकोलस्टोरको स्तर घटाउछ साथै सरदर उमेर पनि। धुम्रपान नगरौं, शरिर कोलस्टोरको स्तर र उमेर नघटाऔं।
उमेर र लिंग
२० बर्ष उमेरसंगै शरिरमा कोलस्टोरको स्तर बढ्दै जाने हुन्छ। महिला तथा पुरुष दुबैमा प्राकृतिक तवरले नै बढ्ने कोलस्टोर ६०-६५ बर्षसम्म बढिनै रहन्छ।
रजस्वला सुरु हुनु पुर्व महिलामा पुरुष भन्दा कम कोलस्टोरको स्तर हुन्छ तर पहिलो पटकको रजस्वला पश्चात भने महिलाहरुमा पुरुषको कोलस्टोरको स्तर भन्दा बढी कोलस्टोर हुन्छ।
उमेर र जीवन पद्धतीलाइ बुझेर कोलस्टोरको स्तर सामान्य गराउनु पर्दछ।
औषधी
केही औषधीले ट्राइग्लिसिराइडको मात्रा बढाउने गर्दछ। औषधी सेवन गर्दा आफ्नो कोलस्टोरको स्तर याद गरेर डाक्टरको सल्लाह अनुसार नै औषधी सेवन गरौं।
मदिरा
रक्सी सेवनले कलेजो र मुटुका तन्तुहरु लाइ नराम्रो प्रभाव पार्दछ, जसले उच्च रक्तचापको समस्या निम्त्याउछ र कोलस्टोरको स्तर बढ्ने हुन्छ।
चिन्ता तथा थकाइ
चिन्ता तथा थकाइको बेला चुरोट तथा मदिरा सेवन गर्ने बानी नगरौं। चिल्लो कम खाऔं। चिन्ताले शरिरमा असर पार्न नदिऔं।
रोग
केहि रोगहरु जस्तै मधुमेह तथा थाइराइड ग्रन्थीले राम्रो काम नगर्दा शरिरमा कोलस्टोर बढ्ने हुन्छ। मधुमेह तथा अन्य रोगहरुको जानकरीको लागि नियमित चेकअप गराइरहनु पर्छ।cholesterol and food
शरिरको लागि हावा, पानी र खानाको आवश्यक पर्छ। यी तीन कुरा राम्रो सेवन गर्नु नै रोगहरुबाट बच्ने उपाय हो। शारिरिक स्वास्थ्यको लागि स्वस्थ्य भौतिक कुरा र मानसिक स्वास्थ्यको लागि स्वच्छ विचार नै केवल औषधि हुन्।

0 comments:

Post a Comment

Flag Counter

Flag Counter

Popular Posts