Thursday, July 16, 2015

बैज्ञानिक भन्छन्ः सावधान ! खतरनाक हुन सक्छ कुखुराको मासु

कुखुराको मासु खान मन पर्छ ? मन पर्छ र नियमित खाने बानी छ भने तपाइँका लागि चेतावनी दिएका छन् बैज्ञानिकहरुले । हालै गरिएको एक अध्यनले कुखुराको मासु शरीरमा एन्टिबायोटिक प्रतिरोधी बन्ने तथ्य बाहिर ल्याएको हो ।
chicken meat 1
अमेरिकामा गरिएको यो अध्यनले नेपाल र भारत जस्ता देशमा औषधी खुवाएर ब्रोइलर कुखुरा पालन गरिने भएकाले यस्ता कुखुरा खाँदा मानिसमा एन्टीबायोटिक विरोधी क्षमता वृद्धी हुँदै जाने देखाएको हो ।
‘प्रसीडिङ्ग्स अफ द नेशनल अकाडमी अफ साइन्सेस’ जर्नलमा प्रकाशित अध्यनमा नेपाल जस्ता मुलुकमा एन्टिवायोटिक सेवन गरेका कुखुरा उत्पादन हुन्छन् जो पछि खाँदा मानिसमा घातक शक्ति उत्पन्न हुन थाल्छ ।
यस्ता कुखुरा उत्पादन गर्नेमा भारत नेपाल नभएर चीन सबै भन्दा शीर्ष स्थानमा रहेको उक्त अध्यनमा सहभागी बैज्ञानिकहरुले जानकारी दिएका छन् ।
meat chicken
ब्रोइलरलाई विरामीहुनबाट बचाउँनका लागि एन्टिबायोटिक खुवाइने र त्यसबाट कुखुरामा एन्टिबायोटिक प्रतिरोधी शक्ति पैदा हुँदै जाने हुन्छ । त्यस्ता कुखुराको मासु सेवन गर्दा मानिसमा पनि एन्टिबायोटिकले काम नै गर्न छोड्ने अध्यनका क्रममा पाहियो ।
औषधीले काम नगरेपछि सामान्य रोगबाट समेत मानिसको मृत्यु हुने खतरा बढि हुन्छ । दक्षिण कोरिया र युरोपेली देशमा यस्ता कुखुरामाथि प्रतिबन्ध लगाइएको छ ।

0 comments:

Post a Comment

Flag Counter

Flag Counter

Popular Posts