Thursday, July 16, 2015

कपाल झर्न रोक्ने ४ प्रकारका तेल

गर्मी होस् या जाडो कपालको हेरचाह हर मौसममा गर्नुपर्ने हुन्छ। सानो लापरवाहीले पनि कपाल झर्ने, टुक्रने र कपालको चमक हराउने हुन्छ। अधिकांसको त युवा अवस्थामै कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ।
girl with long shiny hair
कपालको लागि सबैभन्दा राम्रो उपचार तेलले गर्छ। नुहाँउदा प्रयोग गरिने स्याम्पु अर्को कारण हो कपालको स्वास्थ्यको। सदियौं देखि कपालको सुन्दरताको लागि तेल प्रयोग गरिदैआएको छ। तेलले कपाल बाक्लो, कालो अनि लामो बनाउने गर्छ। तर तेलको प्रकार अनुसार त्यसका प्रभाव पनि फरक फरक नै छन्।
तिलको तेल
यसले कपालको रुखोपन र चाँया कम गर्छ। यसमा हुने भिटामिन बी, भिटामिन ई, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र प्रोटीनले टाउको को छालालाइ पनि राम्रो गर्छ। कपाल झर्ने समस्यामा पनि कमि ल्याउछ यसले।हप्तामा ३ पटक २० मिनेट यो तेल कपालमा लगाइसकेपछि स्याम्पुले कपाल धुने गर्दा कपालमा आएको फरक महसुस गर्न सकिन्छ।
जैतुनको तेल
oil 2कपालको लट्टा र हाँगा फाट्ने समस्या कम गर्छ जैतुनको तेलले। यो तेलमा हुने ओसिलोपनाले कपाल एक अर्कामा टाँसिन दिदैन। यसको नियमित प्रयोगले कपाल कोमल हुन्छ।
बदमको तेल
almond oil
यो तेलले कपाल झर्ने र टुक्रने क्रम कम गर्छ। यसले खराब पानी, तनाब, चाँया अनि प्रदुषण आदि जस्ता कारणले अधिकांस मानिसमा देखिएको कपाल झर्ने समस्यामा कमी ल्याउछँ। यसमा म्याग्नेशियमको भरपुर पाइन्छ। केही बेर तताएर यो तेल लगाइएको १०-१५ मिनेटमा स्याम्पुले पखाल्नाले यसको राम्रो असर पर्ने हुन्छ।
वास्नादार तेल
oil
बजारमा पाइने विभिन्न वास्नादार तेलहरु मध्ये केही बास्नादार तेलहरुले कपालको चमक बढाउँछन्। यस्तो तेल विशेषतः बास्नाकै लागि प्रयोग गरिन्छ। यस्तो तेलहरुमा कयौ प्रकारका फुल अनि फलका गुणहरु समावेश गरिएको हुन्छ।

0 comments:

Post a Comment

Flag Counter

Flag Counter

Popular Posts