Thursday, July 16, 2015

चुरोटले कसरी लिन्छ ज्यान?

यो साधारण स्वास्थ्य ज्ञानमा पर्छ कि चुरोट तान्नु स्वास्थ्यको लागि हानिकारक छ। चुरोटले फोक्सोको क्यान्सर, स्वास सम्बन्धि रोग, हृदतघात, दम आदि जस्ता डरलाग्दा अनि अधिकांस त लागेपछि बिसो नहुने रोग लाग्दछ। एउटा रिसर्चले चुरोटले गर्दा हुने कम्तीमा ५ नयाँ रोगहरुको बारेमा पत्ता लगाएका छन्। चुरोटको कारणले लाग्ने यी रोगहरुले मृत्यु हुनेको संङ्ख्यामा थप ६०,००० थप्ने अनुमान छ।
smoking-kills
अनुसन्धानकर्ताको अनुसार किड्नीसम्बन्धि रोग, आन्द्राको रोग जुन रगतको सञ्चारमा गडबढी हुनाले हुन्छ, इन्फेक्सनको अझ बढी खतरा तथा पहिले थाहा नपाइएका मुटु र फोक्सो सम्बन्धि बिभिन्न रोगहरु चुरोट पिउनाले हुने जानएका छन।
‘यस्ता केही रोगहरु थपिनाले केही चुरोटका अम्मलीहरुलाइ केही फरक नपर्ला तर यो जानकारी सर्वसाधरणलाइ भन्न जरुरी हुन्छ।’, अनुसन्धानकर्ता भन्छन।
अनुसन्धानमा सन् २००० देखि २०११ सम्मका मानिसहरुको मृत्युको बारेमा अध्ययन गरिएको थियो। जसमा चुरोट पिउने र नपिउने दुवैखाले मानिस थिए। चुरोट खानेहरुमा नखाने भन्दा, इन्फेक्सन, किड्नीको रोग, स्वास सम्बन्धि रोग अनि मुटु सम्बन्धि गम्भिर रोगहरु लाग्ने सम्भावना दुइ गुणा बढी हुने देखिएको छ। त्यस्तै आन्द्राको रोग, रगतको राम्रो सञ्चार नहुने लगाएतका दुर्लभ रोगहरुको कारणले हुने मृत्युको सम्भावना ६ गुणा बढी देखिएको छ चुरोट खानेहरुमा नखाने भन्दा।
चुरोट छोडौं स्वस्थ बनौं। चुरोट पिउनेले चुरोट छोड्दा त्यसले फोक्सोमा पारेको प्रभाव पनि कम हुदै जाने हुन्छ। नराम्रो कुरा छोड्न कहिल्यै ढिलो गर्नु हुदैन।

0 comments:

Post a Comment

Flag Counter

Flag Counter

Popular Posts