Thursday, July 16, 2015

दैनिक खाइने यी खानाले क्यान्सर निम्त्याउने

प्रत्येक वर्ष विश्व भरमा करिब १०० लाख भन्दा बढी मानिसहरुमा क्यान्सर देखिने गरेको छ। तर केही मानिसहरु आफुले खाने खानामा कतै क्यान्सरको कारण बन्ने कार्सिनोजिन त छैन भनि सचेत पनि हुने गरेका छन्। कार्सिनोजिन यस्तो पदार्थ हो जस्ले क्यान्सर देखिनुमा प्रत्यक्ष भुमिका खेल्छ। यसले जिनोमलाइ क्षति गर्छ साथै कोषको मेटाबोलिजम प्रकृयामा पनि उथलपुथल ल्याउँछ।

के हामीले खाने खानाले नै विस्तारै मृत्युको मुखमा पुर्याउदै त छैन?

अत्याधिक प्रशोधन गरिएको सेतो पिठो
white flour
अत्याधिक प्रशोधन गर्दा सेतो पिठोमा भएको पौष्टीक पदार्थमात्र नष्ट हुदैन, यसमा क्लोरिन ग्यासपनि मिसिन जान्छ। क्लोरिन ग्यास खतरनाक मानिन्छ मानव शरिरको लागि। घातक मानिने यो ग्यास रगतमा हुने सुगरको लागि पनि राम्रो मानिदैन। यस्तो पिठोले शरिर मोटो बनाउने मात्र हैन क्यान्सन बढाउन पनि भुमिका खेल्छ।
माइक्रोओभन प्रयोग गरि भुटिएको पपकर्न
pop corn
खानलाइ मिठो अनि बनाउन सजिलो, पपकर्न अधिकांशले मनपराउँछन्। अझ फिल्म हेर्दै खानुको मज्जा नै बेग्लै। तर माइक्रोओभन बाट तयार पारिएको पपकर्नमा भने ‘पर्फ्लुरोअक्टानो एसिड’ भन्ने केमिकल पाइने बताइन्छ। यो केमिकल टफ्नोलमा पनि पाइन्छ। यसले महिलामा बाँझोपन देखि किड्नी, ब्लाडर, कलेजो, प्यानक्रियाज, तथा अण्डकोष क्यान्सरको सम्भावना बढाउँछ।
रक्सी
alcohol
रक्सीको अत्याधिक सेवनले धेरै स्वास्थ्य समस्या ल्याउछ; मधुमेह, कलेजोको खराबी अनि विभिन्न प्रकारका क्यान्सर। नयाँ रिसर्च अनुसार हरेक दिन थोरै मात्र रक्सी नियमित पिउने महिलाको स्तन क्यान्सरहुने सम्भावना ३०% हुन्छ कहिल्यै नपिउने महिलाको भन्दा। रक्सी सुर्तीजन्य पदार्थ पछिको दोस्रो ठुलो कारंण हो क्यान्सरको। विश्व स्वास्थ्य संगठनको विभिन्न रिसर्च अनुसार रक्सी; मुख, कलेको, पेट, आन्द्रा तथा मलाशयको क्यान्सरको प्रमुख कारण हो।
चिनीबाट बनेका प्रशोधित खानेकुरा अनि सोडा पप
Soda coke
उच्च फ्रुक्टोज कर्न सिरप क्यान्सर कोषका लागि भुमिका खेल्ने तत्व मानिन्छ। यसको अर्थ, अधिकांश, केक, सोडा, जुस आदी ‘भो नखाम’ भन्ने सूचीमा पर्न जान्छ।
प्रशोधित मासु
meat and spicy
ससेज, बकेन लगाएतका प्रशोधित मासु स्वास्थ्यको दृश्टीकोण बाट राम्रो मानिदैन। यी खानेकुरामा अत्याधिक नुन र रसायनहरु हुन्छन्। नयाँ अनुसन्धानहरुले यस्तो मासुहरु नियमित खानाले ४३% छिटै मृत्यु हुने सम्भावना बढाउछ। सोडियम नाइट्रोजन र धुवाँमा पकाइएका मासुमा पाइने कार्सिनोजिन राम्रो मानिदैन स्वास्थ्यको लागि।
आलु चिप्स
potato chips
एकैछिनको जिब्रोको स्वादको लागि खाइने आलु चिप्समा हुने चिल्लो अनि उच्च क्यालोरीको कारण शरिरको तौल बढ्ने गर्छ। सोडियम सहितको पदार्थको मिसावटले यसले क्यान्सर अनि मुटुको समस्या पनि निम्त्याउने गर्छ।
क्यान्सनबाट बच्ने नै सर्वोत्तम उपाय हो। जीवनयापनको शैली, खाएको खाना, अनि तानेको हावामानै क्यान्सरका कारणहरु हुन्छन। ‘घरको भन्दा बाहिरको खाना’ खाइने यो समयमा खानु अनि पिउनु अघि ध्यानदिन जरुरी छ।

0 comments:

Post a Comment

Flag Counter

Flag Counter

Popular Posts