Thursday, July 16, 2015

विज्ञको चेतावनीः सावधान ! दारी काट्दा ज्यान पनि जान सक्छ

बेलायतको एक सरकारी अध्यन टोलीले आगामी ३५ वर्षमा कम्तिमा ३ करोड मानिसको असामयिक मृत्यु हुन सक्ने चेतावनी दिएको छ । एन्टिवायोटिक औषधीको प्रतिरोधी क्षमता वृद्धी हुँदै गएका कारण यस्तो खतरा बढेको विज्ञहरुको भनाइ छ ।
यस्तो अवस्था अहिले देखि नै देखिन थालेको र केही वर्षमा दारी काट्दा समेत मानिसको ज्यान जान सक्ने अध्यन टोलिको भनाइ छ ।
shavig and hair cut rule
सरकारले बनाएको समीक्षा दलका अध्यक्ष रहेका अर्थशास्त्री जिन ओ नीलका अनुसार दारी काट्दा लागेको घाउबाट समेत मानिसको मृत्यु हुने खतरा बढेको बताए ।
उक्त समीक्षा दलले एन्टिबायोटिक औषधी उत्पादन गर्नका लागि शोध गर्न भन्दै औषधी उद्योगबाट २ अर्व डलर माग समेत गरेको छ ।
बिबीसीको भिक्टोरिया डर्बीशर कार्यक्रममा ओ नीलले एन्टिवायोटिक कमजोर हुँदै जानु विश्वकै समस्या भएको बताए ।
सन् २०५० सम्ममा संसारका अधिकाँश देशमा यो समस्या विकराल हुने बन्दै जाने उनको भनाइ छ । पछिल्लो समयमा एन्टिबायोटिकको क्षमता घट्दै गएका कारण स-साना समस्याबाट समेत मानिसको मृत्यु हुन थालेको शोधकर्ताहरु बताउँछन् ।

0 comments:

Post a Comment

Flag Counter

Flag Counter

Popular Posts