अनियमित र दुषित खानपानका कारण अहिले ग्याष्ट्रिकको समस्या सामान्य झै भइसकेको छ । लगातार कब्जियतका कारण ग्यास्ट्रिकको समस्या हुन्छ र यो ग्यास्ट्रिक अन्य अनेक समस्याको कारण बन्छ । ग्यास्ट्रिकबाट पीडित व्यक्तिलाई टाउको दुख्ने, कम्मर दुख्ने, पेट दुख्ने, छाती दुख्ने जस्ता अनेक समस्या हुन्छन् । खैर, ग्यास्ट्रिकको मूल कारण केही बानी र अनियमितता दिनचर्या हो । ग्यासको समस्याका केही सामान्य लक्षणहरु यसप्रकार छन् :
क. वान्ता आउनु
ख. लगातार हिक्क हिक्क आउनु
ग. पेट दुख्नु
यहाँ ग्यास्ट्रिकबाट बच्ने केही सजिलो उपायहरु बताइएको छ:
पानी पिउनुस् : पानी थोरै पिउनु पनि यस समस्याको एउटा ठूलो कारण हो । ग्यासको समस्या भए पनि नभए पनि दिनमा कमसे कम आठ गिलास पानी अवश्य पिउनुस् । ग्यासको समस्यामा अदुवा सबभन्दा राम्रो औषधि हो । अलिकति सुखेको अदुवा चियामा हालेर पिउनाले ग्यासमा तत्काल राहत पुग्छ । अदुवामा एन्टी बैक्टिरियल र एन्टी इन्स्लामेट्री तत्व पाइन्छ । अदुवा खानाले ग्यासको समस्या उत्पन्न गर्ने जिवाणु समाप्त हुन्छ । अदुवाको एक टुकडा घ्यूमा तताएर बीरे नूनसँग खाँदा ग्यासबाट छुटकारा पाइन्छ । सुक्खा अदुवाको काढा बनाएर पिउँदा पनि हुन्छ ।
पाइनएपल : पाइनएपलमा पाचक एन्जाइम्स पाइन्छ । पाइनएपल पाकेको मात्र खानुपर्छ । काचो पाइनएपलले पेटलाई झन नोक्सान नै पुर्याउछ ।
मही : अलिकति मेथी दाना, बेसार, हिंग, जिरा मिलाएर पिनेर राख्नुस् । बिहान खाना खाएपछि महीमा यो पाउडर मिलाएर पिउनुस् । ग्यास र एसिडीटीको समस्या समाप्त हुन्छ ।
जीरा : जीरा खानाले पनि डायजेस्टिव सिस्टमको समस्या समाधान हुन्छ । त्यसैले ग्यासको समस्या हुँदा एक चम्चा जीरा पाउडर चीसो पानीमा घोलेर पिउनुस् ।
बेसार : बेसार एन्टी इन्स्लामेन्ट्री र एन्टी फगल तत्व पाइन्छ । यो अनेक विमारीमा औषधिको काम गर्छ ।
अलिकति बेसार पाउडर चिसो पानीसँग लिनुस् र यसपछि केरा वा दही खानुस् ।
नरिवल पानी : नरिवल पानीमा भिटामीन ए पोषक तत्व भरपुर हुन्छ तर साथै यसले ग्यासको समस्यामा औषधिको काम गर्छ ।
तुलसी : तुलसीले अनेक विमारीमा औषधिको काम गर्छ । प्रत्येक दिन पाँच तुलसीको पात खानाले ग्यासको समस्याका साथ साथ पेटको अनेक समस्याहरुको पनि समाधान गर्छ । तुलसीको चिया बनाएर वा त्यसको रस पिउनाले पनि तत्काल फाइदा हुन्छ ।
ल्वांग : ल्वांग चुस्दा वा ल्वांग पाउडर महकासाथ लिनाले पनि ग्यास समस्यामा राहत पुग्छ ।
मेवा : मेवामा बीटा केरोटीन भरपुर मात्रामा पाइन्छ । यसमा खाना चाडै पचाउने तत्वहरु पाइन्छ । यसमा पेपिन नामको एन्जाइम पनि पाइन्छ । यो शरीरको लागि अत्यन्तै लाभदायक हुन्छ । ग्यासको समस्या भए खाना थोरै खानुस् र खाना पछि अलिकति बिरे नूनका साथ मेवा खानुस् । कब्जियत र ग्यास दुवै समस्याबाट छुटकारा पाइन्छ ।
पुदिना : पुदिनाको पात चपाउनुस् वा पुदिनाको चिया बनाएर पिउनुस् ग्यासको समस्याबाट छुटकारा पाइन्छ ।
मरिच : अलिकति मरिचको धुलोमा मह मिलाएर लिदा ग्यासमा राहत मिल्छ ।
जनचेतनाका लागि विश्वदिप डटकम बाट साभार गरियको ।
Monday, July 13, 2015
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
Ruth Sidel: a professor of Sociology at Hunter College of the City University of New York. New American Dreamers = young women in the Un...
-
David Rothenberg: -is a professor of philosophy at the New Jersey Institute of Technology. In this essay, he discusses the recent ...
-
Advantages of Internet → We can find each and every part of information about anything we want. → Saves money and time: We can...
-
In this article, the writer explores cross-cultural differences in the ways females and males use language and the frustrations these di...
0 comments:
Post a Comment