Thursday, July 16, 2015

यसकारण खानुस् दिनको एउटा अण्डा

तपाइँलाई अण्डा मन पर्छ कि पर्दैन ? पर्छ भने राम्रो खवर छ । तर यदि पर्दैन भने पनि आजै देखि खान शुरु गर्नुस् ।
हालै गरिएको एक अध्यनले दिनको एउटा अण्डा खाने ब्यक्तिमा मधुमेह रोगको खतरा ४० प्रतिशतले कमी हुने देखाएको छ । टाइप टूको मधुमेहलाई अण्डाले रोक्न सक्ने अध्यनकर्ताहरुको दावी छ ।
egg 1
अमेरिकी जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित शोधका अनुसार हप्तामा कम्तिमा ४ वटा अण्डा खाने ब्यक्तिलाई टाइप टू मधुमेहको खतरा ४० प्रतिशतले कम हुन्छ ।
यूनिभर्सिटी अफ इस्टर्न फिनल्याण्डमा १९ वर्ष लगाएर गरिएको अध्यनबाट शोधकर्ताहरुले यो निष्कर्ष निकालेका हुन् ।
egg 3
अध्यनकर्ताहरुले ४२ देखि ६० वर्षका ब्यक्तिमा यो अध्यन गरेका थिए । जसमा सहभागी मध्ये ४३२ जना मधुमेहको शिकार भएका ब्यक्ति थिए ।
egg
शोधकर्ताहरुले रगतमा ग्लूकोजको स्तर नियन्त्रणमा अण्डामा हुने तत्वले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । अण्डाले ब्याड कोलेष्ट्रोल नियन्त्रण गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने बताइन्छ ।

0 comments:

Post a Comment

Flag Counter

Flag Counter

Popular Posts