Thursday, July 16, 2015

स्ट्रबेरीका फाइदा, तौल घटाउने देखि स्मरण शक्ति बढाउनेसम्म

स्याउ, आँप, केरा र सुन्तला; यो चार फल यस्ता छन् जसमा शरिरमा चाँहिने सबै जरुरी तत्व भरपुर मात्रामा पाइन्छ। स्वास्थ्यको साथै छालाको लागि पनि उत्कृष्ट फल मानिन्छन् यी। यी फलहरु जस्तै, ‘फलको रानी’ भनेर पनि चिनिने ‘स्ट्रबेरी’ पनि एक यस्तै फाइदाजनक फलमा पर्दछ। अलि अलि अमिलो साथमा गुलियो स्वाद हुने यो फल एसियाको धरै जस्तो देशहरुमा खाने गरिन्छ ‘सुपरफुड’ भन्दै।
Strawberry (2)
के के हुन्छ स्ट्रबेरीमा?
१ कप स्ट्रबेरीमा,
क्यालोरी – ४६
म्यागनिज‍ – २८ प्रतिशत
फाइबर -१२ प्रतिशत
आयोडिन – ९ प्रतिशत
फोलेट – ९ प्रतिशत
कपर‍ – ८ प्रतिशत
पोटासियम – ६ प्रतिशत
म्याग्नेसियम – ५ प्रतिशत
फस्फोरस – ५ प्रतिशत
ओमेगा – ३
फ्याट – ४ प्रतिशत
भिटामिन बी६ – ४ प्रतिशत
स्ट्रबेरीको सेवनले के के हुन्छ, कस्तो छ फाइदा?
फोलेटको भरपुर मात्रा
स्ट्रबेरीमा पाइने फोलेटले बुढ्यौलीका समस्याहरु कम गर्ने बताइन्छ। यसले भास्कुलर अनि एथ्रोसक्लोरोसिस संबन्धि समस्याबाट टाढै राख्छ। जोर्नी सम्बन्धि रोगहरुको लागि पनि स्ट्रबेर फाइदाकारी मानिन्छ। खासमा यस्तो रोगहरुले शरीरमा फोलेटको मात्रामा कमी ल्याउने गर्छ जुन स्ट्रबेरी खानाले यो कमी आउनबाट बचाउन सकिन्छ।
यसले शरीरमा विभिन्न ठाँउमा सुनिने तथा फुल्ने समस्यालाइ पनि कमी गर्छ। एक रिसर्च अनुसार, हत्तामा कम्तीमा पनि २-३ पटक स्ट्रबेरी खाने व्यक्तिमा नखाने व्यक्ति भन्दा ३२ प्रतिशत कम हृदयघातको संभावना कम हुन्छ।
हड्डी बलिउयो बनाउँछ
स्ट्रबेरीमा प्रशस्त मात्रामा पोटासियम, भिटामिन र म्याग्नेसियम हुन्छ। जसले हाड बलियो बनाउनमा प्रमुख भुमिका खेल्छ। उमेर बढ्दै जाँदा शरिर र हाडमा बिभिन्न समस्या देखिने गरेको छ। महिलामा रजस्वला पश्चात देखिने विभिन्न समस्याको लागि पनि स्ट्रबेरी सेवन राम्रो मानिन्छ।
भिटामिन सीको स्रोत
दैनिक स्ट्रबेरी खानाले शरीरमा हुने भिटामिनको कमीलाइ पुर्ति गर्न सकिन्छ। भिटामिन सीले छालामा चमक ल्याउने देखि, टाउको दुख्ने समस्यामा कमी अनि तनावलाइ कम गर्नमा पनि सहयोग गर्दछ। उच्च तथा न्युन दुवै खालको चक्तचापलाइ सन्तुलित बनाउन पनि यो फल गुणकारी हुन्छ। छालामा चमक आउने अनि डण्डिफोरमा पनि कमी आउँछ स्ट्रबेरीको उपयोगले।
एन्टी अक्सीडेन्टको राम्रो स्रोत
स्ट्रबेरीमा एंथ्रोसायनिन पाइन्छ। यो एन्टी अक्सीडेन्टको राम्रो स्रोत हो। यसको काम, घाम, धुलो, प्रदुषणबाट आउने समस्यामा कमी ल्याउने हुन्छ। बायोटीनको पर्याप्त मात्राले कपालको साथ साथ नङ बलियो बनाउन पनि यो सहयोगी हुन्छ।
Strawberry (3)
आंखाको लागि पनि लाभदायी
भिटामीन सी ले छालालाइ मात्र हैन, आँखाको लागि पनि फाइदा गर्छ। आँखामा आउने सुख्खापन, मोतीविन्दु, आँखा रातो हुने, सुन्निने जस्ता समस्यामा कमी ल्याउन यसको नियमित सेवन फाइदाजनक हुन्छ। यसले आँखाको देख्ने शक्ति पनि बढाउँछ।
विश्वका सबैभन्दा सुन्दर १० आँखा ( फोटो फिचर )
पाचनको लागि जरुरी
स्ट्रबेरीमा पाइने फाइबर पाचनको लागि अत्यन्त आवश्यक मानिन्छ। अपच, कब्जियत जस्ता समस्या निराकरणको लागि यो अत्यन्त प्रभावकारी मानिन्छ। यसमा पाइने घुलनशील फाइबरले खाना पचाउन मद्धत गर्छ। भोक नलाग्ने समस्या छ भने स्ट्रबेरी सेवनले भोक जगाउन सक्छ।
मोटोपन कम गर्ने
नाइट्रेटले शरीरमा रगतको साथ साथ अक्सिजनको सञ्चारमा नियन्त्रित गर्छ जसले मोटोपन कम गर्न प्रभावकारी हुन्छ। अधिकांश फलहरुमा मोटोपन कमगर्ने गुण हुन्छ तापनी स्ट्रबेरीलाइ भने सबैभन्दा फलदायी मानिन्छ।
स्मरण शक्ति बढाउछ
कयौं रिसर्च अनुसार स्मरण शक्ति कमजोरीमा पनि स्ट्रबेरी ले फाइदा गर्ने बताइएको छ। यसमा भएको एंथ्रोसायनिनले स्नायुप्रणालीलाइ बलियो बनाउछ। यसले दिमागलाइ शान्त गर्नुको साथ साथ कार्यक्षमता पनि बढाउँछ।

0 comments:

Post a Comment

Flag Counter

Flag Counter

Popular Posts