अनि जब रगत मुटु बाट रक्त नली मा आउछ, तब रगत को जोडर दबाब सूजना हुन्छ , हो त्यो प्रेशर लाई ब्लड प्रेशर को सिस्टोलिक प्रेशर भनिन्छ ।त्यसै गरी मुटु को पम्प ले लिने छोटो बिस्राम मा रक्त नली ले बनाइ राख्ने प्रेशर चाही डाइस्टोलिक प्रेशर हो नाप्ने बेला चाँही हामी मुटु भन्दा अलि पर को कुहिनो को माथि को रक्त नली को धेरै प्रयोग गर्छौ।जस्तै,टाउको दुख्ने , रिगटा लाग्ने , नाक बाट रगत बग्ने, आदि ब्लड प्रेसरका लक्षणहरु हुन् ।
मुटु भन्दा एक फीट भन्दा माथि सम्म दिमाग् देखि तल खुट्टा सम्म पुराउन खोज्दा त्यसैले दबाब कम भयो भने त्यो गाह्रो हुन जान्छ। किड्नी मा छानिने प्रकृयामा नै एक प्रकार को दबाब हुन अनिवार्य छ । जुन कमी भएमा किड्नी को कार्यशैलीमा असर पर्छ। धेरै भयो भने रगत को दबाबले रक्त नली को साना घाउँ बनाउन सक्छ जुन शरीरले आँफै ठीक पार्छ तर त्यसमा बोसो का कण जम्मा हुने, बढ्ने गर्छ ।त्यसमा रगत का कोशीका जम्मा हुने गरेर एउटा प्लग बन्न सक्छ ।रगत को दबाब ले प्लग लाई हुत्याएर टाढा को सानो दुलो भएको रक्तनली बन्द गर्न सक्छ । टाढा का रक्तनली त्यो दबाब सहन नसकेर फुट्न सक्छ। त्यसको असरले दिमागमा असर गर्दछ त्यस्तै पक्षघात, हार्ट अट्याक हुने सम्भावना बढाउछ।
रक्तनली को प्रेसर लाई स्थिर राख्ने हाम्रो शरीर ले ठुलो प्राथमिकतामा राखेको हुन्छ । यो हचुवा भरमा नभएर किड्नी, रक्तनली , नशा , दिमाग, आदी हरक्षण लागि परेका हुन्छन । रक्तनली को मोटाइ स्थिर नभएर आवशेकता अनुसार तुरुन्तै घट्बड हुन्छ ।त्यसर्थ एकछिन को घटबडी भन्दा पनि लामो समय जब तल माथि या गड्बडी हुन थाल्छ तब मात्र यस्को असर देखिन्छ ।
कतिपय मान्छे दिनहु जसो ब्लड प्रेसर चेक गर्छन। हेर्ने हो भने हप्ता पिछे पनि गर्नु आवश्यक छैन।
ब्लड प्रेसर ले आज को भोली खराब गर्नु भन्दा पनि धेरै समय भएपछी खराब गर्छ तर जती छिटो उपचार त्यती राम्रो मानिन्छ।कति बेला योग्य स्वास्थ्यकर्मी नभएको ठाउँमा कमजोरी लिएर आएको बिरामी लाइ कम ब्लड प्रेसर भन्दै सलाइन चढाउने अनि टाउको दुखेको आदीमा ब्लड प्रेसर धेरै भयो भनेर नाना थरी औषधी दिने र्गछन् ।
मुटु को धडकन, शरीर को तापक्रम त आँफैले थाहा पाउन सकिन्छ तर ब्लड प्रेसर चै चाही अरु को भरपर्ने हुँदा फाईदा उठाउँछन। चिन्ता, आतिने , कफी , तनाव, भखरै कसरत गरेको छ भने पनि ब्लड प्रेसर हाइ हुन सक्छ । हाइ ब्लड प्रेसर भन्न ले १४०र९० भन्दा धेरै भयो भन्ने बुझ्नु पर्छ ।
ब्याम गर्ने, बजन ठीक राख्ने, चिल्लो भएको खानेकुरा कम खाने, चिन्ता, तनाव बाट बच्ने, सन्तुलित आहार लिने, नियमित ब्लड प्रेसर को जाच गर्ने, गरेमा अब तपाई पनि ब्लड प्रेसरको समस्या बाट दुर रहन सक्नुहुनेछ । जनचेतनाका लागि नेपालजापान डटकम बाट साभार गरियको ।
0 comments:
Post a Comment